- महेश सिंह
सिरहा, फागुन ९ः समाजिक न्याय दिवसको उपलक्ष्यमा समाजसेवीहरु मानवसेवामा ब्यस्त देखिएका छन्। सिरहाको लहान नगरपालिका १ स्थित रहेको अतिबिपन्न बस्ती लहानमा २५ जना महिलाहरुलाई साडी वितरण गरेर समाजिक न्याय दिवस मनाइएको छ।

संगिता कर्माचार्य स्मृति प्रतिषठानको अध्यक्ष महेश प्रसाद चौधरी र समाजसेवी सैलेश कुमार यादवको संयुक्त सहयोगमा २० जना महिलाहरुलाई साडी उपहार दिएका छन्।

समाजसेवीहरुको लगाव समाज प्रतिको क्रेज बढ्दै गएको छ। वरिष्ठ समाजसेवी महेश चौधरी र समाजसेवी सैलेश चौधरीसंगै समाजसेवामा लागेका हुन्। सामाजिक हितका लागि उनीहरु निरन्तर समाजसेवामा रहेका छन्।