तीन दल थपिए, दलको संख्या १०६

| 2022 Feb 18 | 08:48 am 1669

काठमाडौं, फागुन ६: निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १ सय ६ पुगेको छ। यसअघि १ सय ३ दल दर्ता भएकोमा थप ३ नयाँ दल दर्ता भएको आयोगले जनाएको छ। थपिनेमा जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले १५ फागुनभित्र दल दर्ता आह्वान गरेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। दर्ताका लागि निवेदन दिँदा दलको विधान, घोषणापत्र, नियमावली, झन्डा र चिह्नको नमुना, कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन लगायत कागजात तथा विवरण पेस गर्नुपर्नेछ।

विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्ने जस्ता सर्तसहितका कागजात समेत दर्ताको समयमा पेश गर्नुपर्नेछ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.