कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम

| 2022 Feb 18 | 08:21 am 2865

काठमाडौं, फागुन ६ः काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर राखेको छ ।

उक्त बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.