नेपाली सेना तथा सैनिक श्रीमती संघद्वारा विद्यालयलाई सहयोग

रिपोर्ट नेपाल | 2022 Feb 17 | 08:16 pm 1425

काठमाडाैं, फागुन ५ः सेना दिवस-२०७८ को उपलक्ष्यमा नेपाली सेना तथा श्री सैनिक श्रीमती संघले मिति २०७८ फागुन ४ गते सिरहा जिल्ला, विष्णुपुर गाँउपालिका वडा नं. ४, थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई सहयोग गरेकाे छ ।

सहयाेग स्वरुप संघले देहाय बमोजिमका फर्निचर तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको हाे ।
(क) बेन्च तथा टेबल – सेट २००
(ख) स्टिलको दराज – थान ६
(ग) जुत्ता राख्ने र्‍याक – गोटा ४
(घ) ह्‍वाईट बोर्ड – गोटा २
(ङ) सूचना बोर्ड – गोटा १

विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ श्री सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त सहयोग कार्यक्रममा श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति, सिरहाका प्रमुख जिल्ला अधिकारी, श्री सैनिक श्रीमती संघका उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, बिष्णुपुर
गाँउपालिकाका अध्यक्ष, पत्रकारलगायत समाजसेवी, बुद्धिजिवी, शिक्षक तथा छात्र/छात्राहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.