आगोले जलेर सर्लाहीमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Feb 14 | 05:24 pm 1485

सर्लाही, फागुन २ः आगोले जलेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका ८ गिरी टोलका ६५ वर्षीय रामअशिष साह रहेका छन् ।

उनी २ वर्ष देखि प्यारालाइसिसको बिरामी हुन्, उनले आफ्नो घरको अगाडी आगो बाली आगो तापिरहेको अवस्थामा अचानक शरीरमा आगोलागी हुँदा जलेर मृत्यु भएको हो ।

उक्त घटनाको प्रहरी चौकी राजघाटमा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई मुचुल्का लगायत अन्य कार्य गरी अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.