बाँकी १६ जिल्लाको काँग्रेस अधिवेशन फागुन १३ गते हुने

रिपोर्ट नेपाल | 2022 Feb 11 | 06:40 pm 1337

काठमाडौं, माघ २८ः सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमा मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य आठ जिल्लाहरु छन् ।

यससँगै छिटफुट रुपमा बाँकी रहेका  वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस सनर्विाचन सिमतिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रम हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ ।’ र फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुने उनको भनाई छ ।

यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.