धनुषा, माघ २६ः जिल्लाको बिदेह नगरपालिका ९ बाट सशस्त्र प्रहरीले १३ लाख ४० हजार नेपाली रुपैयाँसहित सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षीय सरोज कुमार सिंहलाई पक्राउ गरेको छ । मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ईटहर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका सिंहलाई बरामद रुपैयाँ र उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
गाँजा बरामद
बारा जिल्लाको सुवर्ण गाउँपालिका ७ सनफलवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ सय २२ के.जी. गाँजा बरामद गरेको छ ।
वेवारिसे अवस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद
महोत्तरी जिल्लाको औरही नगरपालिका ४ कविलासा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बारा जिल्लाको कलैया उप–महानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा तथा हार्डवयरका सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।