बाँके, माघ २५ः जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट सशस्त्र प्रहरीले करीव ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० के.जी. ८ सय ७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ । यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो माटरसाईकलमा जाँच गर्दा उक्त चाँदी फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
चोरीनिकासीको लत्ताकपडा बरामद
रौतहट जिल्लाको परोहा नगरपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।