चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

| 2022 Feb 04 | 06:27 pm 1325

पर्सा, माघ २१ः पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित बसपार्क ईलाकाबाट सशस्त्र प्रहरीले करीव ७ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा रेडबुल बरामद गरेको  छ । एक यात्रुवाहक बसमा लुकाई छिपाई राखेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीबाट खटिएको सशस्त्र प्रहरीले माघ २१ गते करीव २ लाख २५ हजार रुपैयाँ बराबरको एक थान ड्रोन क्यामरा बरामद गरेको छ । उक्त क्यामरा सशस्त्र प्रहरीले रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ मनमोहन गेटस्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

त्यसवेला उक्त क्यामरा ल्याउने व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो क्यामरा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद क्यामरा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.