मोटरसाइकल चोरेर भाग्दै गरेका एक पक्राउ

रिपोर्ट नेपाल | 2022 Feb 02 | 04:21 pm 1309

पर्सा, माघ १९ः पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीय मोहमद अली रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साद्वारा खटिएको टोलीले अभियुक्त अलीलाई मोटरसाइकलको लक फुटाई भाग्दै गरेको अवस्थामा प्रकाउ गरेको हो ।

बारा जिल्लाको फेटा गाउँपालिका–३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको १६० सीसीको अपाची मोटरसाइकल पार्क गरी राखिएको थियो ।

पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.