सात बुदे सहमतिमा केसी सकारात्मक, आजै अनशन तोडाउने तयारी

| 2018 Jul 26 | 05:53 pm 5054

काठमाडौं, साउन १० : २७ दिनदेखि अनशनमा रहेका  डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटारमा छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने तयारी भइरहेकाे छ । सहमतिलार्इ अनुमदन  दिनका लागि अहिले प्रधानमन्त्री कार्यलयमा मन्त्रीपरिषद्को बैठक बसिरहेका छन् ।

सहमतिमा हस्ताक्षर अघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्न गएका थिए  । भेटमा डा. केसी सकारत्मक भएका डा. केसीका तर्फका वार्ता समितिका सदस्य अधिबक्ता ओम प्रकाश अर्यालले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् । सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.