दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम

| 2022 Feb 01 | 08:20 am 1241

काठमाडौं, माघ १८ः सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिए ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.