प्रहरी आर्थिक प्रलोभनमा पर्न नहुने आइजीपी क्षत्रीको भनाई

रिपोर्ट नेपाल | 2022 Jan 30 | 06:39 pm 1621

तनहुँ, माघ १६ः प्रहरी् महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी भनेको दुःखले आर्जेको सन्तती भएकोले आफै पसिना बगाएर संरचना निर्माण गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

No description available.

महानिरीक्षक क्षत्रीले गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गणका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै स–साना कुरामा सरकारको मुख ताक्न नहुने बताएका थिए ।

महानिरीक्षक क्षत्री प्रहरी र निजामती कर्मचारीमा कर्तव्य प्राण गर्ने कार्य आकास जमिनको फरक भएकोले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न समेत निर्देशन दिएका छन् ।

आफू सेवाग्राही बन्न जाँदा जस्तो आशा र अपेक्षा गरिन्छ आफूले सेवा दिँदा पनि जनतालाई सुलभ तरिकाले न्याय दिनुपर्ने क्षत्रीको सुझाव रहेको थियो ।

No description available.

महानिरीक्षक क्षत्रीले आफ्ना कार्यालयका महिला कर्मचारीसँग बोल्दा सिष्ट र मर्यादीत भाषा प्रयोग गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।

जनतालाई सेवा दिने क्रममा प्रहरी आर्थिक प्रलोभनमा पर्न नहुने र त्यस्तो पाएमा आफूले जो कोहीलाई पनि नछाड्ने क्षत्रीको भानाई रहेको थियो ।

निर्माणाधिन अवस्थामा रहेको गणको निरीक्षण गर्दै महानिरीक्षक क्षत्रीले निर्माण संरचना व्यवस्थित भएको भन्दै गणपति लगायत कर्मचारीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी आइतबार गोरखामा भएकाे नव निर्मित भवन उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि व्यारेक भवन, मेस भवन र सिनियर अधिकृत आवास भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक क्षत्रीले नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा व्यक्त गरे । प्रतिकूलताको बिचमा अनुकूलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकोले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षत्रीले तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै ऐतिहासिक जिल्ला गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा सहित प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने तथा नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न आवश्यक भएको उल्लेख गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षत्रीले २०१२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरी ३३ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त पूर्व प्रहरी नायव निरीक्षक ८६ वर्षीय नारायण भक्त अर्याललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने जिल्ला समन्वय समितिको कार्यालय गोरखा, गोरखा नगरपालिकाको कार्यालय गोरखा र रोयल कन्‍सट्रक्सन धनगढी कैलालीलाई कदरपत्र प्रदान गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नका लागि प्रहरीको भौतिक संरचना विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त र नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको कूल ९ करोड २५ लाख ९३ हजार ४ सय ६२ रुपैयाँ ९४ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.