सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

| 2022 Jan 28 | 05:38 pm 1301

महोत्तरी, माघ १४ः जिल्लाको महोत्तरी गाउँपालिका ४ स्थित रानीरतौराबाट सशस्त्र प्रहरीले करीव १ सय ५६ किलाे गाँजा बरामद गरेको छ । सोही ठाउँमा रहेको एक कुखुरा फर्म नजिकै परालको कुन्युभित्र लुकाई छिपाई राखेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकर चोकबाट सशस्त्र प्रहरीले करीव २ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ब्याग बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा
ईलाकाबाट माघ १३ गते सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.