शिक्षण अस्पताल परिसरमै चिकित्सक र प्रहरीबीच झडप, एक दर्जनभन्दा बढी प्रहरी नियन्त्रणमा

| 2018 Jul 26 | 11:36 am 2179

काठमाडौं, साउन १०: महारगञ्‍जस्थित त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल परिसरमै चिकित्सक र प्रहरीबीच झडप भएको छ।

डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सकहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि बिहीबार बिहान झडप भएको हो।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको जनाइएको छ।

झडपका क्रममा प्रहरीले एक दर्जनभन्दा बढी प्रदर्शनकारीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।

सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

चिकित्सकहरूलार्इ प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेटबाट अघि बढ्न दिएको छैन।

२७ दिनदेखि अनशनरत डा. केसीकाे माग सम्बाेधनका लागि सरकारी र केसी पक्ष बीचको बुधबारको वार्ता असफल भएपछि आक्रोशित बनेको विद्यार्थी समाजले बिहीबार सरकारको विरुद्धमा -याली निकालेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.