काठमाडाैं, माघ ३ः MINUSCA मिशन, Central African Republic (CAR) मा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको श्री जबरजंग गण (शान्ति सेना)-HRPB, तेश्रो डफ्फाले जिम्मेवारी क्षेत्र अन्तर्गत BOYO ईलाकामा मिति २०७८ मंसिर २७ गतेदेखि पुस ८ गते (तदनुसार १३-२३ डिसेम्बर २०२१) सम्म सञ्चालन गरेको Robust Patrol जबर-१ र मिति २०७८ पुस ९ गते (तदनुसार २४ डिसेम्बर २०२१) देखि हालसम्म सञ्चालन गरेको Robust Patrol जबर-२ को दौरान उक्त ईलाकामा रहेका हतियारधारी समुह Unite Pour La Paix En Centraafrique (UPC) लाई सो ईलाकाबाट हटाउन सफल भई Mission Mandate अनुसार Protection of Civilian को कार्य प्रभावकारी रुपमा गर्न सफल भएको हुँदा MINUSCA, Force Headquarter बाट THE FORCE COMMANDER S COMMENDATION प्राप्त गरेको छ ।
साथै, उक्त गणले प्राप्त गरेको COMMENDATION पत्र यसै साथ संलग्न रहेकाे बताइएकाे छ ।