नेपालकै पहिलो बालमैत्री नमुना वडा रौतामाई गाउँपालिकाको वडा नम्वर ६ बन्ने

| 2022 Jan 13 | 06:45 pm 3929

  • शंकर रिखाम मगर

मुर्कुची (उदयपुर), पुस २९ः बालमैत्री स्थानीय शासनको प्रवर्द्धन गरौं घर, छिमेक, समाजलाई बालमैत्री बनाऔं भन्ने मुलनाराका साथ गरिएको बालमैत्री घोषणा तथा बालमैत्री नमुना वडा निर्माणका लागि एक दिवसीय छलफल तथा बैठक गाईघाटको होटल कञ्चनजंघामा सम्पन्न भएको छ ।

No description available.

जाल्पा एकीकृत विकास समाज उदयपुरको अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षतामा उक्त छलफल कर्यक्रम सन्चालन गरिएको थियो भने रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्रवहादुर खड्काको प्रमुख अतिथी तथा कार्यपालिका सदस्य, आठ वटै वडाका जनप्रतिनिधि लगायत, कार्यरत सचिवहरु, महिला बालबालिका शाखा प्रमुख तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

उक्त छलफलको कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रीय मञ्चका संयोजक तिलोत्तम पौडेल, हरिबोल आचार्य र विष्णु खत्रीले सहजिकरण गरेका थिए ।

उदयपुरको रौता पोखरी पर्यटकीय क्षेत्र भएको कारणले पालिकाले भौतिक पूर्वाधार तर्फ सम्पूर्ण कार्यहरु अगाडि बढाएको र उक्त स्थानको विकासको लागि वडा नम्वर ६ लाई प्राथमिकता दिई बालमैत्री नमुना वडा वनाउने उद्देश्य रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी गजेन्द्रवहादुर खड्काले बताउँदै वडा नम्वर २ र ४ लाई बालमैत्री वडा घोषणाको लागि पनि कार्यहरु अगाडि बढ्दै गएको अध्यक्ष खड्काले बताए ।

No description available.

छलफलमा बालबालिकालाई लगानी किन ? बाल अधिकार, बाल सहभागिता, स्थानीय शासन तथा अवधारणा, लक्ष्य र उद्देश्य, सन्चालनको व्यवस्था, कार्यन्वयनका चरण, बालमैत्री सुचकहरु, घोषणाका क्रममा ध्यान दिनुपर्ने पक्षहरु, बाल भेला, स्थानीय शासन घोषणापछि निरन्तरताका लागि गर्नुपर्ने कार्यहरु लगायत धेरै शीर्षकहरु छलफलको क्रममा सहजकर्ताहरुले सहजिकरण गरेका थिए ।

बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणाका लागि रौतामाई गाउँपालिका सामुहिक प्रतिवद्धतामा सम्पूर्ण सहभागिहरुले एकै साथ हस्तक्षर पनि गरिएको छ भने, बालमैत्री स्थानीय शासन संक्षिप्त जानकारी पुस्तिका २०७८, बालमैत्री पुस्तक संयोजक तथा छलफलका सहजकर्ता तिलोत्तम पौडेलले रौतामाई गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी गजेन्द्रवहादुर खड्कालाई सम्पूर्ण वडाहरुमा पुग्नेगरी पुस्तक हस्तन्तरण पनि गेरिएको छ ।

No description available.

नेपालकै पहिलो बालमैत्री नमुना वडा रौतामाई गाउँपालिका वडा नम्वर ६ लाई कसरी नमुनाको रुपमा घोषणा गर्ने र सिङ्गो पालिकालाई कसरी बालमैत्री पालिका बनाउने त्यसको बारेमा सम्पूर्ण दातृ निकायहरुमा पहल गर्दै जाने प्रतिवद्धता जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले प्रतिवद्धता जाहेर गरेका छन् ।

उक्त छलफल जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना, रौतमाई गाउँपालिकाको समन्वय, एन सिएफएलजी फोरमको सहकार्य तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.