१० किलो चरेशसहित महिला पक्राउ

रिपोर्ट नेपाल | 2022 Jan 13 | 04:15 pm 1569

पर्सा, पुस २९ः वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी रहेकी छन् ।

उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेशसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.