९५ थान अबैध लागुऔषधसहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 25 | 08:33 pm 3719

तनहूँ, साउन ९ : ९५ थान अवैध लागुऔषधसहित आज चार जना पक्राउ परेका छन् । भानु नगरपालिका वडा नं। १ निवासी १८ वर्षीय आशिष भुजेल, बन्दिपुर गाउँपालिका वडा नं। ४ निवासी १८ वर्षीय अक्रम मिया, सोही स्थानका २५ वर्षीय सागर खड्का र सोही स्थानका ३० वर्षीय समिर बानियाँलाई प्रहरीको पक्राउ गरेको हो ।

जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं। १ बेसीशहर चोकस्थित शंकास्पद रुपमा भेटिएका आशिष भुजेल र अक्रम मियालाई नियन्त्रणमा लिँदा उनीहरुको साथमा डाइजेपाम लेखेको २ एमएलको शिशी ३२ थान, नोफिन २ एमएलको ३३ थान र फेनेरागन २ एमएल को ३० थान गरी ९५ थान फेला परेको थियो ।

उक्त लागुऔषध खरिद गर्न आएका समिर बानिया र सागर खड्कालाई समेत सोही स्थानमा फेला पारी लागुऔषधसहित मोबाइल सेटहरु बरामद गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप आवश्यकीय अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.