तनहूँ, साउन ९ : डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
क्षेत्रीलाई आज बुधबार पक्राउ गरी तनहुँ जिल्ला अदालतमा पेश गर्दा अदातलको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । विसं ०६९ साल जेठ २९ गते राति जिल्लाको साविक राइपुर गाविस वडा नं. ४ बस्ने ५९ वर्षीय रुकप्रसाद लम्सालको घरमा हतियार देखाएर दुई तोला सुनको सिक्रीसमेतका गरगहना लुटी सापकोटा वारदातपश्चात फरार रहेका थिए ।
फरार रहेका प्रतिवादी सापकोटालाई गत मंगलबार व्यास–३ मा पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको तनहूँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।