काठमाडौं, पुस २६ः पूर्व राजा ज्ञानेन्द्र शाह भोली मंगलबार अपरान्ह साढे १२ बजे सिंहदरबार आउने भएका छन् । शाह आफ्ना पुर्खा बडामहाराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्न आउने भएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उक्त कार्यक्रम राखिएको जनाइएको छ ।
