काठमाडौं, पुस २६ः प्रतिनिधिसभा संसद्को बैठकको मिति माघ ३ गतेको लागि सरेको छ । सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार एक विज्ञप्ति जारी गर्दै यसअघि पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समसयमा बस्न नसकिने जानकारी दिएका हुन् ।
यससँगै सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभाको बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने गरी मिति र समय निर्धारण गरिएको जनाएको छ । यसअघि पनि पुस २२ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पुस २८ गते सरेको थियो ।