गुल्मी पुस २६ः नेपाली कांग्रेसले वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न गरे लगत्तै गुल्मी कांग्रेस भने संगठन विस्तारका लागि कम्मर कसेर लागि परेको छ ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका अनुसार नेपाली कांग्रेसका मतदान अत्यधिक हुँदा हुँदै पनि किन कांग्रेसले पराजय भोगेको छ भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल र विश्लेषण गर्ने अभियान चलाइएको छ ।
अहिले गुल्मीमा कांग्रेस साच्चीकै तातेको छ । टोलटोलमा कांग्रेस र भातृ संगठनका समितिहरु गठन भएका छन् ।
सभापति पन्थीले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार पुस २७ गते मंगलबार गुल्मी जिल्लाका ९३ वटै वडामा एकै पटक बैठक बस्दैछ । बैठकमा पार्टीलाई कसरी मजबुद बनाउने र तीनै तहका निर्वाचनमा विजयी बनाउने भन्ने विषयमा छलफल हुने भन्ने विषयमा गम्भीर छलफल हुने जिल्ला सचिव भगत खड्काले बताए ।
गुल्मी कांग्रेसको अठोट–सक्षम वडा सक्षम टोल भन्ने नाराका साथ कांग्रेस गाउँगाउँमा सकृय भएको छ ।
गुल्मी कांग्रेसका सभापति पन्थीका अनुसार माघ महिना भित्र वडा, क्षेत्रका सभापति, महाधिवेशन प्रतिनिधि, क्षेत्र, जिल्ला कार्य समितिका सबै सदस्य सहितको बृहद प्रशिक्षण गरिने भएको छ ।
रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै सभापति पन्थीले आफूहरु सबल सक्षम हुँदा हुँदै थाल थाप्नु परेको पीडालाई महसुस गरेका साथीहरुले अब डाडु र पन्यु ल्याउन अहोरात्र लाग्ने कुरामा आफू पूर्ण आशावादी रहेको बताए ।