पाकिस्तानको मतदान केन्द्रमा विस्फोट हुँदा २८ को मृत्यु

| 2018 Jul 25 | 02:30 pm 2168

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।

मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईको हवाला दिएर एएफपीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.