सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खाेप लगाएको कार्ड देखाउनु पर्ने

| 2022 Jan 10 | 07:22 am 1629

काठमाडौं, पुस २६ः माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले साे सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिए।

उनले विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको बताए । यो माघ ३ गतेदेखि लागू हुने र भ्याक्सिन लगाएको कार्ड मोबाइलमा चिखेर मोबाइलबाटै देखाएपनि पनि हुने उनले बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.