लिङ्देनले गरे सदस्यमा मनोनयन

| 2022 Jan 04 | 04:42 pm 1465

काठमाडौँ पुस २० : नवनिर्बाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। पार्टीको विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष लिङ्देनले योगदानका आधारमा पार्टीको केन्द्रीय सदस्य मनोनयन गरिएको सोपार्टीले जनाएको छ।

मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा , निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापका नवराज सुवेदी , दिनेश कार्की, रोल्पाबाट बलाराम घर्ती मगर, भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतबाट मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, रहेका छन्। यसैगरी गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा र ललितपुरबाट पुष्पराज पुरुष छन्।

त्यस्तै, जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा, सिराहाबाट रामप्रताप साह, खोटाङबाट रबिन चाम्लिङ, स्याङ्जाबाट उदयराज पोखरेल, काठमाडौँबाट प्राडा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.