शव बोकेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु,

| 2022 Jan 02 | 12:24 pm 2813

पाल्पा पुस १८ : पाल्पा रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार बिहान करिब १०ः३० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारा लागि पठाइएको छ ।

शव बोकेको बसमा करिब ३५ जना यात्रु रहेकोमा अन्य यात्रुहरु सामान्य घाइते भएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.