काठमाडौँ पुस १६: पछिल्लो समय विद्युत् जाने समस्या बारे सर्बसाधारण आक्रोसित भई रहेका बेला नेपाल प्राधिकरणले उपत्यकालगायत देशका विभिन्न ठाउँमा झ्याप झ्याप बत्ती जाने समस्या आपूर्तिमा अवरोध नभई क्षणिक भएको बताएको छ। प्राधिकरणले उपभोक्तालाई जानकारी दिने उद्धेश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त्त कुरा बताउदै अब त्यस्तो नहुने भएकोले ढुक्क हुन आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न अल्पकालीन प्राविधिक समस्याका कारण आपूर्तिमा क्षणिक अवरोध भएको बताएका थिए ।
गत मंगलबार र बुधबार विद्युत्मा अप्रत्याशित माग वृद्धि भएका कारण उपत्यकाका तीन हजार ८ सय वितरण ट्रान्सफर मध्ये ६० वटा जलेपछि विभिन्न ठाउँमा आपूर्ति अवरुद्ध भएको घिसिङले बताए ।
यस्तो अवरोध विद्युत् उपलब्धता अभावका कारण नभई वितरण प्रणालीमा देखिएका समस्याका कारण भएको घिसिङको भनाइ थियो । ‘पिक डिमाण्ड (साँझ पख) को माग १७ सय मेगावाट थियो भने बिहानको १५५० देखि १६०० मेगावाटसम्म रहेको घिसिङको भनाई रहेको थियो। भने ‘पानी पर्नुअघि र पानी परेपछि विद्युत्को माग धेरै बढ्यो, बढेको माग केही वितरण ट्रान्सफरहरुले थेग्न सकेनन् भने कतिपय ठाउँमा तार नै जलेको उक्त्त अबसरमा बताएका थिए ।’
घिसिङका अनुसार बिग्रिएका ट्रान्सफरमरलाई तुरुन्तै पुनःस्थापित गर्न सकिने भए पनि फिडर बिग्रेमा मर्मत गर्न ट्रान्सफरमरकोभन्दा बढी समय लाग्ने जानकारी दिए । जाडोका कारण हिटर, एसी लगायत धेरै बिजुली खपत हुने साधनको एकैचोटि प्रयोगमा आउँदा अनपेक्षित तवरले विद्युत माग बढ्न गई ट्रान्सफरमहरु जल्न पुगेका बताए ।
सिंहदरबारभित्र फिडरमा आगलागी हुँदा मर्मत गर्न पूरा दिन लागेको थियो । यसले गर्दा अनामनगर र डिल्लीबजारलगायतका क्षेत्रमा लामो समय विद्युत् आपूर्ति ठप्प भएको थियो । यस्ता कारणले केही उपभोक्ताको घरमा सहज बिजुली आपूर्ति हुन सकेन, यो लोडसेडिङ गरिएको होइन, लोडसेडिङ गर्नुपर्ने अवस्था पनि छैन,’ घिसिङले भने, ‘सानातिना प्राविधिक समस्याले एकैसाथ विभिन्न ठाउँमा आपूर्ति अवरोध हुँदा त्यसलाई लोडसेडिङ गरिएको भन्ने नबुझिदिन आम नागरिकलाई अनुरोध गरेका थिए ।
प्राधिकरणले ट्रान्सफरमर जलेको खबर पाउनेबित्तिकै तत्काल गएर फेर्ने गरेको र यही फेर्न लाग्ने समयसम्म मात्र ग्राहकको घरमा बिजुली नआएको उल्लेख गर्दै घिसिङले भने, ‘वर्षायाममा ट्रान्सफरमरहरु ५० प्रतिशत लोडमा चलेका हुन्थे, जाडोमा त्यसमाथि पानी परेपछि ती ट्रान्सफरमरहरु ओभर लोड (थेग्न नसक्ने) भए ।’
घिसिङले एकाध स्थानमा भएका ट्रिपिङ (बत्ती जाने समस्या) हटाउन नसकेको बताए । उनले लगनखेल वितरण केन्द्र अन्तर्गतको इमाडोल इलाकामा ५० देखि ६०, त्यस इलाकाको आसपासमा २० देखि ३०, रत्नपार्क वितरण केन्द्र अन्तर्गत केही स्थानका ट्रान्सफरमरहरुमा समस्या देखिएको जानकारी दिएका थिए ।