त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाक्लो हुस्सु र कुहिरोका कारण बन्द

| 2021 Dec 31 | 09:23 am 1173

काठमाडौँ पुस १६ : बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जानकारी दिएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

जहाजलाई उडान गर्न कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.