चर्च गएकी एक महिला चार दिनदेखि बेपत्ता

रिपोर्ट नेपाल | 2021 Dec 29 | 11:28 am 1381

तनहुँ, पुस १४ः जिल्लाको म्याग्दे गाउँपालिका-४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिँदै । नीरमायाको मोबाइलसमेत अफ रहेको बताए ।

सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.