अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात उपचाररत

| 2021 Dec 28 | 08:22 am 1669

काठमाडौं, पुस १३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात मुटुसम्बन्धी समस्या जटिल भएर हाल भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराइरहनु भएकोछ ।

सो विषयलाई लिएर केही संचार माध्यमले काठमाडौमा सम्पर्कविहीन भएर दिल्ली भागेको भनी समाचार सम्प्रेषण गरेको प्रति उहाँको परिवारको ध्यानाकर्षण गर्दा सो समाचार नितान्त भ्रामक भएको र श्री बस्न्यात अहिले पनि सोही अस्पतालमा उपचाररत रहेको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

उहाँको परिवारका सदस्यले बताएअनुसार ललिता निवास जगा प्रकरणमा उहाँलाई पुर्पक्षका लागि थुनामा राखेको अवस्थामासमेत सबौच्च अदालतमा यससम्बन्धी उपचारका लागि निवेदन दिइएको र समय समयमा अनुगमनका लागि दिल्ली गइरहनुपर्ने बाध्यता भएको अवगत गराइसकेको तर कुत्सित मनसायले झूटो प्रचार गर्न भागेको भनी समाचार सम्प्रेषण गरिएको दावी उहाँको पारिवारिक श्रोतको रहेको छ ।

पहिलेदेखि नै सोही ठाउँमा उपचारार्थ आवतजावत हुदै आएको विषयलाई सर्बोच्चअदालतलेसमेत अवगत गरी मानवीय कारण दर्शाएर धरौटीमा रिहागरेको र अव पनि यससम्बन्धी मुद्दामा कानुनी प्रकृयाका लागि आफु कुनै पनि सहयोग गर्न उपचार सकेर चाँडै घर फिर्ने तयारीमा बस्न्यात रहेकोले यसप्रकारका भ्रामक समाचारको खण्डन गरिएको उहाँको पारिवारिक श्रोतले जनाएकोछ ।

स्मरणीय छ– विशेष अदालतबाट उहाँ तारिखमा छुट्नु भएकाे र उपचारकाे लागि भारत जाँदा विधिपूर्वक इजाजत लिएर जानुभएकाे तथा पक्राउ पुर्जी सम्बन्धमा जानकारी लिन खाेज्दा जिल्ला अदालतबाट पुष्टी हुन सकेन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.