करिब २३ हजार विद्यार्थीलाई मोडर्ना खोप

| 2021 Dec 24 | 07:38 am 1809

रामेछाप, पुस ९ः रामेछापका १२ देखि १७ वर्षसम्मका विद्यार्थीका लागि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको छ । जिल्लाका २९३ विद्यालयका २० हजार ८५९ बालबालिकाका लागि खोप अभियान बुधबारबाट थालनी गरिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।

खोप लगाउन छुटेका दुई हजार १०२ जना बालबालिकासहित २२ हजार ९६१ जनालाई यही शनिबारसम्म मोडर्ना खोप लगाइने जनस्वास्थ्य अधिकृत थापाले बताए । उनका अनुसार जिल्लाका १ सय ४५ खोपकेन्द्रबाट विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरी विद्यालयमै खोप लागउने व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म ६२ हजाभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्राको र ९२ हजार ६ सय ७६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.