गुल्मेली कांग्रेस काठमाडौंमा जुट्दै

| 2021 Dec 22 | 05:09 pm 1513

काठमाडौं, पुस ७ः नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले १४औं महाधिवेशन अन्तरगत केन्द्र र प्रदेशमा विजयी नेताहरुलाई सम्मान गर्ने भएको छ ।

सम्पर्क समितिले आज एक विज्ञप्ती जारी गरी केन्द्रीय सदस्यमा निर्वाचित चन्द्र केसी, लुम्बिनी प्रदेशको उपसभापतिमा निर्वाचित भुवन प्रसाद श्रेष्ठ, सदस्यमा निर्वाचित दोर्ण खत्री, विष्णु सापकोटा, माधव खरेल, मोतिलाल भण्डारी, कल्पना घिमिरेलाई सम्मान गर्ने जनाइएको छ ।

सम्पर्क समितिका अध्यक्ष ज्ञान बहादुर कार्कीद्वारा जारी विज्ञप्तीका अनुसार पुस ८ गते अपरान्ह ४ बजे प्रदर्शनीमार्ग स्थित बाल्मीकी क्याम्पसमा सम्मान कार्यक्रम राखिएको छ । अध्यक्ष कार्कीले सम्मान कार्यक्रममा उपस्थितिका लागि गुल्मेली कांग्रेसलाई आग्रह समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.