काठमाडौं, साउन ८: कानुन मन्त्री शेरबहादु तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरी औपचारीक रुपमा राजिनामा दिएका हुन ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए ।