ठगीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

| 2021 Dec 19 | 07:30 pm 1301

सप्तरी, पुस ४ः जबरजस्ती करणी मुद्दा लगाई दिन्छु भनी १ लाख नगद ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र सोही नगरपालिका लालपट्टी बस्ने ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले पीडित महिलालाई मंसिर ३ गते दिउँसो फोन गरी तेरो लोग्‍नेले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाईदिन्छु भनी बार्गेनिङ गरी मंसिर १० गते पीडितसँग १ लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेकामध्ये रुबिनालाई पुस १ गते र रहमानलाई मंसिर २१ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय संदिप श्रीवास्तब र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ पुरानो बसपार्कबाट ६ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-१८ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज टोलबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका बस्ने ३० वर्षीय बेचन मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्याल भारदहबाट खटिएको प्रहरीले मण्डललाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा बजारबाट करिब ४८ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिजयनगर गाउँपालिका-६ बस्ने २२ वर्षीय राजकुमार खटिक भन्ने राम खटिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

अर्घाखाँची, पाणिनी गाउँपालिका-५ मैदान बोखरस्थित रोयल होटलबाट करिब ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा र करिब २ सय लिटर मह जस्तो देखिने पदार्थ सहित सप्तरी राजविराज सगरमाथा गाउँपालिका-२ बस्ने २२ वर्षीय अजय कुमार धामी यादव समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा शंकास्पद ब्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले सोधपुछ तथा निजहरु बस्दै गरेको कोठा तलासी गर्दा उक्त गाँजा र मह जस्तै देखिने पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.