रौतहट, पुस १: प्रहरीले नक्कली नेपाली रुपयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् ।
प्रहरीले उनीहरूलाई परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु चढेको बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकल जाँच गर्दा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान नेपाली नक्कली रुपयाँ बरामद् गरेको हो । प्रहरीले उनीहरु माथि थप अनुसन्धान भइरहेको जनाएको छ।