काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

| 2021 Dec 16 | 07:42 am 1661

काठमाडौं, पुस १ः नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी भएका हुन् ।

उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मत अन्तरले पराजित भएका निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी भएका हुन् । गच्छदार नौ मतले धनराजसँग पराजित भएका छन् । उनले १८ सय ६१ मत प्राप्त गरेका छन् । त्यसैगरी चन्द्र भण्डारीले १५ सय ५१ मत पाएका छन् । उपसभापति पदका उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह ठूलो मत अन्तरले पराजित भएका छन् ।

महामन्त्री र अन्य पदाधिकारीको मतगणना भने बिहीबार बिहानदेखि हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.