युट्युवमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेको आरोपमा एक जना पक्राउ

| 2021 Dec 12 | 06:02 pm 1341

काठमाडौं, मंसिर २६ः युट्‍युब च्यानलमार्फत अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोटको साबिक नानिकोट गाविस वडा-९ हाल पचाल झरना गाउँपालिका-९ स्थायी ठेगाना भइ काठमाडौंको बुढानीलकण्ठ-९ मा बस्‍दै आएका २१ वर्षीय भरतबहादुर तिरुवा रहेका छन् । उनलाई ब्‍यूरोले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्‍यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.