पाइपलाइनबाट पुग्नेभो घरघरमा ग्यांस

रिपोर्ट नेपाल | 2018 Jul 23 | 09:28 pm 2358

विराटनगर, साउन ७ : पाइपलाइन जडान गरेर घरघरका भन्सामा ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ ।

विराटनगर- १४ काे श्रीकृष्ण गौ सेवा सदनमा रहेको ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि पाइपलाइनबाट घरघरको भान्सामा ग्यास पुर्‍याउने काम थालिएको हो ।

उर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु गरिएको छ ।

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको हो । यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ ।

जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.