नेता थापाले महामन्त्रीमा उम्मेदवारी दिने

रिपोर्ट नेपाल | 2021 Dec 09 | 08:06 pm 1349

काठमाडौं, मङ्सिर २३ः नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.