ट्राफिक डमीकाे चिन्ताजनक अवस्था

| 2021 Dec 05 | 03:25 pm 2673

काठमाडौं, मंसिर १९ः सेतो टोपी कालो चस्मा गलामा निलो टाई र निलो ड्रेसमा कम्बरमा सेतो बेल्टमा सजिएर चोक चोकमा उभिएका ट्रफिक डमीले सडकको स्वभा मात्रै बढाएको थिएन, आम सवारी चालकहरुलाई एक पटक झस्किन समेत बाध्य बनाएका थिए ।

तत्कालिन ट्राफिक महाशाखाका प्रमुख भिमप्रसाद ढकालको आग्रहमा काठमाडौं महानगरपालिकाले बीसौं लाख खर्चेर ट्राफिक महाशाखालाई उपलब्ध गराइएको उक्त डमी हाल कम्बरको पेटी र पाइन्टको हुक खुस्किएको, गलाको टाई फुत्किएर सेतो टोपीले आँखा छोपी चिन्ताजनक अवस्थामा ट्राफिक प्रहरी कार्यालयहरु भित्र डम्पिङ गराइएको पाइएको छ ।

No description available.

विशेष गरी अति ब्यस्त चोकहरुमा दुरुस्त ट्राफिकको पोशाकमा ट्राफिक प्रहरीको सचेतना नारासहित बोकेर ट्राफिक डमी उभिएको देख्दा जो कोही पनि झुक्किने गर्थे ।

कतिपय सर्वसाधारण त विचरा त्यो ट्राफिकले के गल्ती गरेछ हातमा प्ले कार्ड थमाएर दिनभरी रोडमा उभिनुपर्ने भन्दै रोडमा खटिएका अर्का ट्राफिक प्रहरीसँग जन गुनासा गरेका कुरा ताजै छ ।

No description available.

उता काठमाडौं महानगरपालिकाले जानकारी दिए अनुसार बीसौं लाख भन्दा बढी आर्थिक सहयोगमा ट्राफिक प्रहरीको पोशाक सहितको डमी उपलब्ध गराएकोमा हाल केही महिना नबित्दै चोक चोकबाट विस्थापित हुन थालेकोले उक्त स्थानहरुका डमी नदेख्दा त्यो सबै खर्च बेरुजु आउने ठूलै सम्भावना रहेको कुरा काठमाडौं महानगरपालिका सुत्र बताउँछ ।

चोक चोकमा ट्राफिक प्रहरीको पोशाकमा सजिएर बसेको डमी हुँदा सवारी चलाएर आउने सवारी प्रयोग कर्ताहरु आफै सजग हुने गरेका थिए र उनीहरुले चलाएका सवारी साधन ट्राफिक प्रहरीकै पोशाकमा ट्राफिक प्रहरी जस्तै देखिने डमीका डरले सवारी साधनको स्पीड दुरी कम हुँदा रातिमा हुने सवारी दुर्घटनामा कमी आएको कुरा ड्युटीमा खटिएका ट्राफिक प्रहरी स्वयम् स्वीकार्छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.