कक्षा १२ को परीक्षाफल प्रकाशित

| 2021 Dec 03 | 11:27 am 1821

काठमाडौं, मङ्सिर १७ः कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परिक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित नतिजामा सात हजार ६३ जनाले ३.६१ देखि ४ जिपिए ल्याएको शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.