जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु

| 2021 Dec 01 | 12:52 pm 1725

कालीकोट, मङ्सिर १५ः जुम्ला जिल्लाको सिंजा गाउँपालिकामा आज बिहान भएको बस दुर्घटना परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नम्वरको बस सिंजाखगाउँपालिका वडा नं २ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बस सडकदेखि करिब दुई सय मिटर तल खसेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बस सडकबाट दुई सय मिटर चल खसेको आफूलाई जानकारी आएको बताए । प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको प्रजिअ प्रसाईले जानकारी दिए ।

बसमा चार जना मात्र सवार रहेको पाइएको छ । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.