कांग्रेसको प्रदेश अधिवेशन सर्‍यो

रिपोर्ट नेपाल | 2021 Nov 29 | 03:41 pm 1277

काठमाडौं, मंसिर १३: कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ।  कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

यसअघिको कार्यतालिका अनुसार मंसिर १५ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो। तीन नेताबीच भएको सहमतिअनुसार अब १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते सातै प्रदेशका सदरमुकाममा अधिवेशन गर्ने निर्णय भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.