गाउँपालिकाको काम सन्तोषजनक

रिपोर्ट नेपाल | 2018 Jul 22 | 08:48 pm 2600

  • प्रजिअ भुसाल

अर्घाखाँची,साउन ६ : मालारानी गाउँपालिका काम गर्ने कुरामा अन्य स्थानीय तह भन्दा अगाडि रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन ।

रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले आईतबार मालारानीको खनदहमा गरेको साक्षात्कार तथा सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै भुसालले भने सुरुवातको बर्ष र कर्मचारीको अभाब हुदाँ पनि काम राम्रो भएको छ ।

पछिल्लो समयमा जिल्लामा बादँर तथा अन्य जगंली जनाबरले किसानको खेतीबालि नष्ट गर्दा आफु दु.खी भएको भन्दै त्यसको व्यबस्थापन गर्न पहल गरिरहेको बताए । कार्यक्रममा नेपाली काग्रेस मालारानी गाउँपालिका सभापति शोभाखर खनालले पालिकाका तथा वडा स्तरका योजनाहरुमा एकलौटी ढङ्गबाट अगाडि बढेको भन्दै आगामी दिनमा सच्चियर जान आग्रह गरेका थिए।

बिभिन्न उपभोक्ता समितीहरु निमार्ण गर्दा समाबेशी तथा योजनाहरुमा पारदर्शी हुनु पर्दछ बिकासमा राजनैति होईन सहकार्य गर्नु पर्दछ भनि आम उपस्थितहरुको जिज्ञासा थियो ।

सहभागिबाट उठेका जिज्ञासाको जबाफ दिदै पालिका अध्यक्ष बालकृष्ण आचार्यले भने ‘ म चुनाबमा कुनै दल पार्टिबाट उम्मेद्धवार भएर जितेपनि अब आफनो पार्टी मालारानी हो । कुनै व्याक्ति बिशेषलाई पार्टीलाई भन्दा पनि पालिकाको पक्षमा कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले कुनै पनि योजना काम नगरी फरफारक नगरेको भन्दै काम नगर्ने योजना फ्रिज गरिएको बताए ।  आर्थिक बर्ष ०७५/०७६को काम आगामी बैशाख मसान्तमा सक्नेगरि योजना अगाडि बढेकाछौ ।

गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ मा नब्बे प्रतिशत भन्दा बढि काम गर्नसहयोग गर्ने पालिकाबासीलाई धन्यवाद छ । मालारानी गाउँपालिकालाई नमूना बनाउनको लागी सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेको मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताईन ।

कार्यक्रममा बोल्दै रिपोर्टस क्लबका अध्यक्ष रामकुमारक्षेत्रीले प्रतिपक्षले बिरोधकालागी बिरोध भन्दा पनि रचनात्मक सहयोग गर्नु पर्ने र सत्ता पक्षले पनि प्रतिपक्षका सुझाबहरुलाई ग्रहण गर्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.