काठमाडाैं, कात्तिक ३०ः गृह मन्त्रालयले नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।
सिफारिस मध्ये विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन् ।
२०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको थिएन । ६ महिनादेखि खाली रहेको पदमा बढुवा नगरेर डीआईजी थप्न चलखेल गरेपछि त्यसबारे आलोचन हुँदै आएको थियो ।
