पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल -याली

रिपोर्ट नेपाल | 2021 Nov 12 | 07:19 am 1629

काठमाडौँ, कात्तिक २६ः काठमाडौँबाट पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल -याली सुरु भएको छ । नेपाली मोटरसाइकलप्रेमीसँगै ५० जना भारतीय नागरिकले मोटरसाइकल यात्रा गर्दै भारतको उत्तर प्रदेशको बनारसस्थित काशी विश्वनाथ मन्दिर पुुग्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट बिहीबार -यालीको सुरुवात गरे । त्यस अवसरमा मन्त्री आलेले नेपाल र भारतबीचको सदियौँ पुरानो सांस्कृतिक सम्पदा तथा सभ्यताको सम्बन्धका बारेमा बताएका थिए ।

भारतीय राजदूत क्वात्राले काठमाडौँ र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस प्राचीन मन्दिरले भूमिका निर्वाह गरेको बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.