सिरहा, कात्तिक २५ः जिल्लाको भगवानपुर गाउँपालिका ४ ठाडीस्थित सीमा ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ७५ वटा नाईट्राभेट ट्याब्लेटसहित सोही जिल्लाको लहान नगरपालिका १९ कटारी बस्ने २१ बर्षीय प्रेम मण्डललाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मण्डललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
चोरीपैठारीको विभिन्न सामानसहित एक जना पक्राउ
कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ६ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित भारतमा घर बताउने २२ बर्षीय अजय यादवलाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको १८ वटा मोबाईल सेट, ३ वटा ल्यापटप, ११ वटा डाटा केवल र ३ वटा कार ईन्भर्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादबलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।