- महेश सिंह
सिरहा, कात्तिक २३ः सिरहाको मिर्चैया नगरपालीका वडा नम्बर ९ पुलिस पटा भन्ने चुरे वन क्षेत्रमा पर्ने वनभित्र लुकाई छिपाई राखेको करिब ५१ थान सखुवा जातको चिरान काठ बरामद गरेको छ।
जम्दार भोगेन्द्र प्रसाद यादवको नेतृत्व अर्थात कमान्डमा खटीएको गस्ती टोलीले गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय मिर्चैयाको सशस्त्र रक्षकको गस्ती टोलिले संयुक्त रूपमा वन क्षेत्रमा गई करिब अन्दाजी ५० किबी फिट सखुवा जातको चिरान काठ बरामत गरेको हो।
उक्त काठ हालको बजार मुल्य करिब २ लाख ५० हजार पर्ने देखिएको छ । काठ बरामद गरी डिभिजन वन कार्यालय लहानमा बुझाएको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिए।
चुरेक्षेत्रको वनबाट अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए।
वन रक्षकहरुलाई देखेपछि तस्कहरु काठ र साइकल छोडेर भागेको दासले बताए। दासका अुनसार सिरहा जिल्लामा साल काठ नहुदाँ छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गरी ल्याउने गरेको दासले बताए । यसको विषयमा आवश्यक अनुसन्धान भई रहेको डिभिजनल वन अधिकृत दासले बताए।
काठ पक्राउ गर्न आवश्यक सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गोलबजारको टोलिले सहयोगको लागि घटना स्थल पुगेका थिए ।