बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2021 Nov 08 | 06:54 pm 1657

काठमाडाैं, कात्तिक २२ः बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई  केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला वडा नं. १०, झोझरा घर नं. १३६५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १, कमलपोखरी बस्ने ४५ वर्षीय राजहरण साह रहेका छन् ।

साहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मिति २०७५/०९/०५ मा ग्लोवल आईएमई बैंक, शाखा कार्यालय, ज्ञानेश्वरको चेक काटी दिएको कसूरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत
पाटनबाट मिति २०७७/१०/२६ मा निज प्रतिवादी रामहरण साहको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रु. ९ लाख ५० हजार रुपैंया जरिवाना हुने फैसला भएको थियाे ।

उक्त फैसला पश्चात फरार रहेका साहलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं
पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई का.म.न.पा. वडा नं. १, कमलपोखरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि
सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.